छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका नौ जना पक्राउ
काठमाडाैं | माघ ९, २०७९
काठमाडौँ: छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली गणपति वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा।३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका–६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उता धनुषाको जनकपुर उपमहानगरपालिका(१ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुतातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

